२०८३ असार २० गते , शनिबार
झापाका दुवै सहायक सिडिओको सरुवा
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाका दुवै जना सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा भएको छ । सरकारले शुक्रबार ४२ जना उपसचिवहरूको सरुवा गर्दा उनीहरुको समेत सरुवा भएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको थियो ।
यहाँ कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी तोकिएको छ भने अञ्जन न्यौपानेको गृह मन्त्रालय सिंहदरबार काठमाण्डौमा सरुवा भएको छ ।
झापाको सहायक सिडिओको रुपमा गृहमन्त्रालय अन्तर्गत कार्यरत भूमिश्वर पोखरेल र इलाका प्रशासन कार्यालय साँखु काठमाण्डौबाट सहदेव रायमाझी आउने भएका छन् ।