२०८३ असार १९ गते , शुक्रबार

गृहमन्त्री गुरुङ कोशीको छड्के अनुगमनमा, प्रहरी प्रशासनमा खैलाबैला

sajilo news
परिवेश मिडिया
२०८३ असार १९ गते , शुक्रबार
गृहमन्त्री गुरुङ कोशीको छड्के अनुगमनमा, प्रहरी प्रशासनमा खैलाबैला

बिर्तामोड गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिईकनै कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् सीमा क्षेत्रबाट हुने चोरी तस्करी राजस्व चुहावटका विषयमा जनगुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न शुक्रबार बेलुका कोशी आइपुगेका हुन्

सुरक्षा संयन्त्रलाई समेत पत्तो नदिई उनी सीमा नाकाहरूको छड्के अनुगमनका लागि यहाँ आइपुगेका हुन् खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा चोरी तस्करी हुने गरेको सूचनाका आधारमा गृहमन्त्री आफैं मैदानमा उत्रिएका हुन्

केही दिनअघि मात्रै मधेश प्रदेशको पर्सा पुगेर सीमा नाकामा स्थानीयसँग चोरी तस्करीका विषयमा जानकारी लिएका मन्त्री गुरुङ अहिले कोशी प्रदेशका तराईका जिल्लाहरू केन्द्रित भएका छन्

सुरक्षा स्रोतका अनुसार मोरङको विराटनगरस्थित दक्षिणी सीमा क्षेत्र त्यस आसपासका अन्य नाकाहरूको समेत उनले निरीक्षण गर्ने तयारी गृहमन्त्रीज्यू अहिले सुनसरी आइपुग्नुभएको , त्यहाँको वस्तुस्थिति बुझेर मोरङ प्रवेश गर्ने तयारी , सुरक्षा स्रोतले भन्यो, गृहमन्त्रीको आकस्मिक आगमन भएपछि मोरङका सुरक्षा निकायहरू अहिले हाइ अलर्टमा बसेका छन्

उनले नाकामा खटिएका सुरक्षाकर्मीको कार्यशैली सीमा सुरक्षाको अवस्थाबारे स्थलगत रिपोर्टिङ लिने बुझिएको मन्त्रीको यो अप्रत्याशित भ्रमणले सीमा क्षेत्रका सुरक्षाकर्मी प्रशासनिक अधिकारीहरूमाझ दौडादौड चलेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने, गृहमन्त्री आएको कुरा थाहा अहिलेसम्म कहाँ हुनुहुन्छ भन्ने थाहा छैन

सम्बन्धित समाचार