२०८३ असार ३ गते , बुधबार

विश्वकप २०२६ मा मेस्सीको ह्याट्रिक

sajilo news
परिवेश मिडिया
२०८३ असार ३ गते , बुधबार
विश्वकप २०२६ मा मेस्सीको ह्याट्रिक

झापा फुटबलका बादशाह अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सीले विश्वकप २०२६ मा ह्याट्रिक गरेका छन् मेस्सीको ह्याट्रिकसँगै साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको

अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ले पराजित गर्दै सुखद सुरुवात गरेको हो

छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेसीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरे साथै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे

उनले खेलको १७औं, ६०औं ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्

खेलको सुरुवातमै मेस्सी एक गोल गरेपनि अफसाइडका कारण मान्यता पाएको थिएन

यस्तै अफसाइडका कारण अल्जेरियाका खेलाडीले गरेको एक गोलले पनि मान्यता पाएको थिएन यो जितसँगै अर्जेन्टिनाले अंक जोड्दै समूह जे मा शीर्ष स्थानमा

यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन्

मेसीले विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान समेत बनाएका छन् यसअघि पवर्चुगलका क्रिस्टियानो रोनाल्डोले ३३ वर्ष १३० दिन हुँदा ह्याट्रिक गरेका थिए मेसीले अल्जेरिया विरुद्ध विश्वकपमा ह्याट्रिक गर्दा उनी ३८ वर्ष ३५७ दिनका थिए

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए

उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन् मेसीले यसअघिका पाँचै विश्वकपमा असिस्ट गर्दै लगातार पाँच विश्वकपमा असिस्टको ङ्कीर्तिमान समेत बनाएका छन्

चार वर्षअघि कतारमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए

यस्तै विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि उनकै नाममा अल्जेरिया विरुद्धको खेल विश्वकपमा मेस्सीको २७औं खेल हो

 

सम्बन्धित समाचार