२०८३ बैशाख २६ गते , शनिबार

बिर्तामोडमा दोस्रो मेयर कप कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने 

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २६ गते , शनिबार
बिर्तामोडमा दोस्रो मेयर कप कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने 

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा यहि २०८३ जेठ गते बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको हो

प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारी दिए

उनका अनुसार नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, कराँते तथा किकबक्सिङ खेललाई अझ व्यवस्थित सुदृढ, साथै नयाँ खेलाडी उत्पादन खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडाहरूलाई पुरस्कारसमेत प्रदान गरिने प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले नगद २५ हजार तृतीय स्थान हासिल गर्नेलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने

त्यसैगरी, प्रतियोगिताबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला पुरुषतर्फ एक-एक जनाबेस्ट फाइटर लाई जनही नगद हजारका दरले पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक खवासले बताए

उक्त प्रतियोगिताले नगरस्तरमा खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकले विश्वास लिएको साथै, सम्पूर्ण खेलप्रेमी, सरोकारवाला निकाय तथा सर्वसाधारणमा प्रतियोगितालाई सफल बनाउन सहयोग तथा सहभागिताका लागि हार्दिक आग्रह आयोजकले गरेको

प्रतियोगिता सम्पन्न गर्न अनुमानित लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक खवासले जानकारी दिए ।

सम्बन्धित समाचार