२०८३ बैशाख ३ गते , विहीबार

कालिस्थानमा बालबालिका महोत्सव शुरु

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २८ गते , शनिबार
कालिस्थानमा बालबालिका महोत्सव शुरु

बिर्तामोड । नयाँ वर्ष २०८३ को अवसर पारेर कालीस्थान भ्वाइसको आयोजनामा बालबालिका महोत्सव–२०८३ आजदेखि शुरु भएको छ । 
स्थानीय बालबालिकामा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य राखेर १५ वर्षमुनिका बालबालिकाको सहभागितामा दौड, हस्तलेखन, सांस्कृतिक (गायन–नृत्य) एवं फुटबल प्रतियोगिता हुनेछ । 
तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तरगत आज दौड प्रतियोगिता सम्पन्न भएको छ । ११ देखि १५ वर्षका बालिबालिकालाई लगभग ३ सयमिटर र १० वर्षमुनिका बालबालिकालाई लगभग डेढसयमिटरको दुरीमा दौड प्रतियोगिता गराइएको हो । 
प्रतियोगिता अन्तरगत १० वर्षमुनी छात्रतर्फ रिदम काफ्ले प्रथम, संयम गोम्देन द्वितीय र लाक्पा तामाङ तृतीय भएका छन् । यसैगरी १० वर्षमाथिको मिनी म्याराथन छात्रातर्फ संस्तिका गिरी प्रथम, निर्जला तामाङ द्वितीय र श्रेया मगर तृतीय भएका छन् । 
११ देखि १५ वर्ष उमेर समूहमा छात्रतर्फ सुजय तामाङ प्रथम, युवराज प्याकुरेल द्वितीय र उत्साव राई तृतीय भएका छन् । यसैगरी छात्रातर्फ रुपा गिरी प्रथम, पासाङ शेर्पा द्वितीय र अभियाना तामाङ तृतिय भएका छन् । 
सञ्जीवकुमार गोम्देनको संयोजकत्व र भक्त थापाको सहसंयोजनमा सम्पन्न प्रतियोगितामा वाङचु गोम्देन, मनोज गोम्देन, इन्द्रसेन तामाङ, दिनेश कडेल र विजय तामाङले प्राविधिक सहयोग गरेका थिए । 
स्थानीय देवुसिंह तामाङले कालीस्थान चोकमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी प्रतियोगिता उद्घाटन गरेका थिए । बालबालिका महोत्सव अन्तरगत आइतबार फुटबल प्रतियोगिता र सोमबार हस्तलेखन एवं सांस्कृतिक प्रतियोगिता हुने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार