२०८२ चैत्र ५ गते , विहीबार

विराट बहुउद्धेश्यीय सहकारीद्वारा स्वास्थ्य सचेतना सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ३० गते , शनिबार
विराट बहुउद्धेश्यीय सहकारीद्वारा स्वास्थ्य सचेतना सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित बिराट वहुउद्देश्यीय सहकारी संस्थाले  एक दिने स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीको शिक्षा उपसमितिको आयोजना र एन्जल फाउण्डेशन उर्लाबारी मोरङको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
आकस्मिक रूपमा गाउघरमा आईपर्ने स्वास्थ्य समस्याहरू स्वास्थ्यकर्मीहरूले मात्र सम्भव नहुने भएकाले स्थानीय स्तरमानै प्राथमिक उपचार गर्न सकियोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दुर्घटना हुँदा, करेन्ट लाग्दा, हृदयघात हुँदा, सर्पले टोक्दा, पायल्स हुँदा कसरी प्राथमिक उपचार गर्ने जस्ता स्वास्थ्य सचेताबारे जानकारी गराइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा एन्जल फाउण्डेशनका कार्यकारी प्रमुख जिवनराज राजवंशी र प्रशिक्षक अजित झाले सहजीकरण गरेका थिए ।  कार्यक्रमको फाउण्डेशनका कार्यक्रम संयोजक परशुराम न्यौपानेले औचित्य प्रष्ट्याएका थिए । आयोजकका अनुसार कार्यक्रममा करिब १५० जना सहभागी थिए ।
बिराट वहुउद्देश्यीय सहकारी संस्थाको तालिम उपसमितिका संयोजक अर्जुन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहकारी संस्थाका अध्यक्ष होम प्रसाद सिटौलाले उद्घघाटन गरेका थिए । रूद्र सिटौलाले संचालन गरेको कार्यक्रममा भीमा सिवाकोटीले स्वागत गरेकी थिइन् ।

सम्बन्धित समाचार