२०८२ माघ २८ गते , बुधबार

चापागाईंको चुनावी अभियान तिव्र

sajilo news
परिवेश मिडिया
२०८२ माघ २६ गते , सोमबार
चापागाईंको चुनावी अभियान तिव्र

अर्जुनधारा बुद्धशान्ति शहीद भूमिबाट चुनावी अभियानमा जुटेकी झापा क्षेत्र नम्बर का लागि नेपाली कम्युनिष्ट पार्टीकी उम्मेद्वार धर्मशीला चापागाईं विशेष गरी शहीद परिवार, असक्त असहायको घरआँगनमा पुग्दै आएकी छिन्

झापा क्षेत्र नं. चुनाव प्रचार अभियान अन्तर्गत उम्मेद्वार चापागाईंसँग निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार राना, पवन तिम्सिना, देवकला प्रसाई, देवकुमारी चौधरी लगायत नेता कार्यकर्ता घरदैलो अभियानमा हिडेका छन्

फाल्गुन गतेबाट व्यापकता दिनका लागि चापागाईं लगायत उनका समर्थक निर्वाचन क्षेत्र अन्तर्गत वडा कार्यालय पनि स्थापना गर्दै हिडेको निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार रानाले बताए रानाका अनुसार यस क्षेत्रका कुना कन्धरामा थुप्रै समर्थकहरु रहेका छन् संगठन नभएको ठाउँमा पनि उम्मेद्वार पुग्दा उत्साहजनक उपस्थित भएको पनि देखियो

चापागाईंले वडा कार्यालय पुग्दा हिजोको मुद्दा आजको मुद्दा फरक भएको हुँदा समाजवादबाट देशलाई परिवर्तनसँगै हरेक कार्यमा जनतासँग जोडिनका लागि आफू आएको बताइन्

उनी सम्पर्कमा जाँदै गर्दा पुराना माओवादीहरुले फूलका माला लगाइदिएको पाइन्थ्यो भने धेरैले सत्तामा पुगेपछि आफूहरुलाई नहेरेको गुनासो पनि राखेका थिए उम्मेद्वार चापागाईंले अर्जुनधारा वडा नम्बर , का केही स्थानहरुमा जाँदा जनता उत्साहित भएको उनीसँगै अभियानमा रहेकी देवकला प्रसाईले प्रतिक्रिया दिइन्

निर्वाचन क्षेत्र नम्बर मा एक लाख ४७ हजार मतदाता भए पनि कसको मत कहाँ जाने यकिन छैन तर, नेकपाकी उम्मेद्वार चापागाईंले भने आफ्नो जित निश्चित भएको बताइन्

सम्बन्धित समाचार