२०८२ माघ २८ गते , बुधबार

‘आश्वासनको पोको दिन्नँ तर राम्रो कानुन बनाउँछौँ’ – इन्दिरा राना

sajilo news
परिवेश मिडिया
२०८२ माघ २५ गते , आईतबार
‘आश्वासनको पोको दिन्नँ तर राम्रो कानुन बनाउँछौँ’ – इन्दिरा राना

बिर्तामोड निवर्तमान उपसभामुख तथा झापा क्षेत्र नम्बर का रास्वपाका उम्मेदवार इन्दिरा राना मगरले आफुले जनतालाई विश्वासको पोको नबाँड्ने बताएकी छन् आगामी निर्वाचन लक्षित मतदाता भेट्घाट्मा घरदैलो गरिरहेकी रानाले त्यस्तो बताएकी हुन्

आइतबार बिर्तामोड स्थित मेघाबारी टोल पुगेकी रानाले भनिन्, ‘ यहाँहरुलाई वचन दिन्नँ, यस्तो बनाउँछु उस्तो बनाउँछु भनेर तर मैले भनेको छु बहुमतको सरकार बनाएर राम्रो नियम कानुन बनाउने अहिलेको कानुन विभेदकारी भएको बताउँदै रानाले अबका दिनमा प्रणालीले काम गर्ने कानुन आवश्यक भएको औँल्याइन् बालबालिका सानैदेखि संस्कारयुक्त हुनुपर्ने, आमाहरुले शिक्षकको काम गर्नुपर्ने ज्येष्ठ नागरिकहरुलाई राम्रो वातावरण हुनुपर्ने उनको भनाई विकासका योजनाहरुमा भ्रष्टाचार हुने गरेको भन्दै रानाले अब बन्ने कानुनले त्यस्ता कुराहरुको अन्त्य गर्ने बताइन्

मुलुक खोक्रो रहेको चमत्कारिक केहि नभएपनि राम्रो कानुन मार्फत समग्र चुस्त विकास गर्न सकिनेमा रानाले जोड दिइन् विगतमा संसदमा रहँदा नरहँदैपनि थुप्रै सामाजिक काम गरेको बताउँदै रानाले फेरि एकपटक जिताएर समाजलाई योगदान गर्ने अवसर दिन आग्रह गरिन्  

सम्बन्धित समाचार