२०८२ माघ २८ गते , बुधबार

मतदाता फकाउन छमछमी नाचे एमाले अध्यक्ष ओली

sajilo news
परिवेश मिडिया
२०८२ माघ २४ गते , शनिबार
मतदाता फकाउन छमछमी नाचे एमाले अध्यक्ष ओली

बिर्तामोड आगामी प्रतिनिधी सभा सदस्य निर्वाचनका उम्मेदवारहरु यति बेला घर दैलो अभियानमा छन् विशेष गरी उनीहरु मानिसहरुको जमघट हुने स्थानमा पुगेर आफ्ना धारणा राख्दै आएका छन् झापा का नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार यहाँ आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भएका छन्

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कमल गाउँपालिका, सराङ्गपाडामा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी भएका ओली भक्तजनहरूसँगै नाचगानमा सरिक भएका थिए

खड्का परिवारद्वारा आयोजित उक्त महायज्ञमा पुगेका अध्यक्ष ओलीले नृत्य गर्नुअघि त्यहाँ उपस्थित श्रद्धालुहरूलाई सम्बोधनसमेत गरेका थिए सम्बोधन लगत्तै भजनको तालमा उनी स्थानीयवासीसँगै छमछमी नाचेका थिए

त्यस अघि ओली त्यहाँबाट करिब एक किलोमिटर दक्षिणमा सञ्चालित अर्को सप्ताह पुराणमा पनि सहभागी भएका थिए प्रतिनिधि सभा निर्वाचनको सिलसिलामा शुक्रबार साँझ झापा आइपुगेका ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रम मतदाता भेटघाटमा व्यस्त छन्

सम्बन्धित समाचार