२०८२ माघ २८ गते , बुधबार

काकरभिट्टाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १२ गते , शुक्रबार
काकरभिट्टाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

बिर्तामोड । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चिया निर्यात भएकाे छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो ।
गत आवको उक्त अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियाे । यो चालु आर्थिक वर्षमा ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएकाे हाे ।

सम्बन्धित समाचार