२०८२ माघ २८ गते , बुधबार

बन्द फिर्ता, विद्यालय खुल्ने

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर ७ गते , आईतबार
बन्द फिर्ता, विद्यालय खुल्ने

बिर्तामोड । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आह्वान गरेको बन्दका कारण आज विद्यालय विदा दिने निर्णय गरेका विद्यालयले पुन विद्यालय खुल्ने जनाएका छन् । अभियान र सरकार बिच सहमति भएसगै अभियानले बन्द फिर्ता लिए पछि विद्यालय खुल्ने भएका हुन ।
अभियानले यस अघि प्याब्सन लगायत विभिन्न संघसंस्थालाई अनिश्चितकालीन बन्द कार्यक्रमलाई सहयोग गरिदिन आग्रह गर्दै पत्राचार गरेको थियो । विद्यालयहरुले सूचना जारी गरी विद्यालय विदा रहने जनाएको थियो ।  सरकार र अभियान बिच आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । विद्यालयले पुन: अर्को सूचना जारी गरी विद्यालय खुल्ने जनाएका छन्। 

सम्बन्धित समाचार