२०८२ पौष २ गते , बुधबार
सञ्चारमन्त्री खरेल र स्वास्थ्यमन्त्री गौतमले बुझाएनन् सम्पत्ति विवरण
बिर्तामोड । वर्तमान अन्तरिम सरकारका दुई जना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले भने सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसहित आठ जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्पत्ति विवरण बुझाउनेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले रहेका छन् ।
जेनजी आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको मन्त्रीमण्डलमा १० सदस्यीय छ ।