२०८२ पौष १ गते , मंगलबार
रास्वपाका नेता परियारद्वारा पार्टी परित्याग
बिर्तामोड । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् ।
विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले शुक्रबार पार्टी परित्याग गरेका हुन् ।
आफूले पार्टी परित्याग गर्ने निर्णयमा पुगेको परियारले जानकारी दिए । ‘मैले रास्वपा छोड्ने निर्णय गरेको छु,’ परियारले भने ।
नयाँ अभियान सुरु गर्नका लागि पार्टी परित्याग गरेको उनले बताएका छन् ।