२०८२ कार्तिक ४ गते , मंगलबार

लुटिएका हतियार र भागेका कैदी नफर्कुञ्जेल चुनाव हुँदैन :ओली

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १ गते , शनिबार
लुटिएका हतियार र भागेका कैदी नफर्कुञ्जेल चुनाव हुँदैन :ओली

झापा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो देशमा एमाले भएका कारण शान्ति सुव्यवस्था कायम रहने बताएका छन् जेनजीको आन्दोलनमा गोली चलाउन लगाएर शान्ति सुव्यवस्था बिगारेको बताउँदै उनले यो आन्दोलनमा आफूलाई फसाउन खोजेको दाबी गरे

प्रहरीका १२ सय हतियार लुटिएका छन्, एक लाख गोली लुटिएका छन्, के यो मजाक हो ?’  शनिबार पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको चियापान कार्यक्रममा उनले भनेअटोमेटिक गन लुटिएको , साढे पाँच हजार कैदी बन्दी अझै बाहिरै छन्, उनीहरुलाई कसले भगाए, गोलीगट्ठा कसले लुट्न लगाए ?

यस्तो अवस्थामा चुनाव गराउने नाटक भइरहेको समेत उनले टिप्पणी गरे दललाई चुनावमा भाग लिन नदिने कुरा आइरहेको बताउँदै उनले के दललाई चुनावमा भाग लिन नदिएर एक्लै चुनाव लड्ने भन्दै प्रश्न गरे उनले दललाई चुनावमा भाग लिन नदिएर कस्तो चुनाव हुन्छ भन्दै जेनजीको नाममा आन्दोलन गरेर प्रधानमन्त्री बन्ने मात्र काम भएको टिप्पणी गरे

बंगलादेशमा पनि जेनजीले आन्दोलन गरेर ७५ वर्षकालाई हटाएर ८५ वर्षकालाई देशको जिम्मा दिएको भन्दै उनले त्यहाँको जेनजी आन्दोलन समेत कहाँ गयो भन्दै प्रश्न गरे

अध्यक्ष ओलीले आवश्यकता अनुसार नेपालका हरेक ठाउँमा आफू जाने बताउँदै त्यसमा कसैले रोक्न नसक्ने बताए उनले भनेमलाई जहाँ मन लाग्छ, त्यहाँ जान्छु हेरौँ मलाई कसले के गर्छ  के यो देश मेरोचाहिँ होइन, जे मन लाग्छ त्यही गर्ने ? जथाभाबी गर्न पाइँदैन

उनले यो चुनाव नहुने बताउँदै संसद् पुनस्र्थापना हुने दाबी गरे उनले सबै अपराधी पक्राउ गरी हतियार फिर्ता ल्याउने काम नगरेसम्म चुनाव नहुने धारणा राखे अपराधीहरू फरार रहेकाले जनता असुरक्षित भएको समेत उनले बताए

आफूलाई सेनाले बचाएको बताउँदै उनले प्रहरीहरू प्रहारको निशानामा परेको बताए उनले भनेप्रहरी हाम्रै हो, त्यसको रक्षा गर्नुपर्छ यो सरकारले त्रास सृजना गरेको भन्दै उनले आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने बताए

नेपाली झन्डा ओढेर जेनजीले सिंहदरबारमा आगो नलगाएको बताउँदै अध्यक्ष ओलीले जेनजीको गालामा कसैले काँक्रोको बियाँ टाँसी दिएको बताए उनले त्यो बियाँ टाँसिदिनेहरूलाई खोज्नुपर्ने समेत बताए उनले भनेजसको गालामा टाँसिएको , त्यसलाई होइन, जसले टाँसेको हो त्यसलाई खोज्नुपर्छ

जेनजीहरुले देश राम्रो बनाउन चाहे पनि बर्बाद बनाइएको बताउँदै अध्यक्ष ओलीले जसलाई सुरक्षा चाहिएको छैन उसलाई राम्रो सुरक्षाको व्यवस्था भएको तर चाहिनेलाई नभएको बताए उनले भनेजसलाई सुरक्षाको थ्रेट त्यसको सुरक्षा फिर्ता गरिएको , यो कुरा भनियो भने सरकारलाई रिस उठ्छ

सम्बन्धित समाचार