२०८२ कार्तिक ४ गते , मंगलबार

ओलीले संसद पुनर्स्थापना भन्नु हास्यास्पद : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १ गते , शनिबार
ओलीले संसद पुनर्स्थापना भन्नु हास्यास्पद : प्रचण्ड

काठमाण्डौ नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भन्नु हास्यास्पद रहेको बताएका छ्न

पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्

प्रचण्डको थप टिप्पणी , ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, तत्कालीन राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो   अहिले उनीहरूकै समूहले संसद पुनर्स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण हो

नेकपा एमालेले आफूलाई संसद् पुनर्स्थापनाको पक्षमा उभ्याएको आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव हुन नसक्ने निष्कर्ष निकाल्दै एमालेले संसद् पुनर्स्थापनालाई एजेण्डा बनाएको

एमालेले केन्द्रीय समितिको बैठकबाट यस्तो निष्कर्ष निकालेको भोलिपल्टै प्रचण्डले केपी ओलीले संसद् पुनर्स्थापनाको माग गर्नुलाई हास्यास्पद विडम्बनापूर्ण भनेर टिप्पणी गरेका हुन्

गत भदौ २३ २४ गते जेनजी आन्दोलन भएको थियो आन्दोलनका क्रममा केपी ओली प्रधानमन्त्री थिए आन्दोलनका क्रममा उनी राजीनामा दिन बाध्य भए त्यसपछि प्रतिनिधि सभाबाटै अर्को सरकार बन्ने अवस्था बनेन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका हुन् प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको

उक्त चुनावमा सहभागी हुने भनेर नेकपा माओवादी केन्द्रले निर्णय गरिसकेको नेपाली कांग्रेसले पनि चुनावी वातावरण बनाउन सरकारलाई खबरदारी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफूलाई चुनावको पक्षमा उभ्याएको

यो बेला एमालेले चुनाव हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुनर्स्थापनालाई एजेण्डा बनाएको यसलाई प्रचण्डले हास्यास्पद विडम्बनापूर्ण निर्णयको संज्ञा दिएका हुन्

सम्बन्धित समाचार