एमाले झापाको पार्टी कार्यालयमा आगजनी
बिर्तामोड । बिर्तामोड-४ स्थित नेकपा एमाले झापाको पार्टी कार्यालयमा मङ्गलबार आगजनी गरिएको छ । मङ्गलबार बिहान अन्दाजी १० बजे करिब ५ सयको संख्यामा आएका युवाहरुले पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीबाट पार्टी कार्यालय जलेर पूर्ण क्षति भएको छ । हालसम्म प्रहरी र दमकल पुग्न सकेको छैन ।
सोमबारबाट शुरू भएको जेनजीकाे प्रदर्शन मङ्गलबार बिहानैदेखि फेरि शुरू भएको छ ।
गए राति आन्दोलनकारीहरुले एमाले पार्टी कार्यालय तथा केही सवारी साधनहरुमा तोडफोड गरेका थिए । सोमबार राति अन्दाजी ८:४५ बजे पार्टी कार्यालयमा करिब १०/१२ जनाको संख्यामा आएका प्रदर्शनकारीहरुले पार्टी कार्यालयको ४/५ वटा झ्यालको सिसाहरु तोडफोड गर्नुका साथै कोशी प्रदेश सभा सदस्य छबि चुडाल र नेकपा एमालेका झापा जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी चढ्ने २ वटा सवारी साधनहरुका सिसाहरु तोडफोड गरि फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।