२०८२ जेष्ठ ३२ गते , शनिबार

तीनकुनेको घरमा आगो लगाउने व्यक्ति दुर्गा प्रसाईको फौजमा आबद्ध

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३१ गते , आईतबार
तीनकुनेको घरमा आगो लगाउने व्यक्ति दुर्गा प्रसाईको फौजमा आबद्ध

झापा । चैत १५ गते राजावादीको प्रदर्शनको क्रममा काठमाण्डौको तीनकुनेस्थित निजी घरमा आगो लगाउने व्यक्तिहरूको पहिचान खुलेको छ । घटनामा संलग्नहरु दुर्गा प्रसाईंनिकट अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रहेको खुलेको प्रहरीले बताएको छ ।
उक्त घरमा आगजनी गर्नेहरू रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही रहेको प्रहरीको भनाइ छ। उनीहरूले आगजनी गरेको घरमा एभिन्युज टेलिभिनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
उनीहरू दुवै जना दुर्गा प्रसाईंको फौजमा कार्यरत रहेको खुलेको एसपी बोहराले बताए । उनीहरूले अनवरत तत्पर फौज (एटिएफ) नामको फौज बनाएका थिए। जसमा गौतम प्रवक्ताको जिम्मेवारीमा छन् । शाही भने एटिएफमा सदस्य हुन् ।
प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाट गरेका थिए।

सम्बन्धित समाचार