२०८१ माघ ४ गते , शुक्रबार

बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १९ गते , बुधबार
बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

बिर्तामोड मंसिर २९ गतेदेखि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुनेछ

मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको

त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए छोटो समयमै खेलमैदान उत्कृष्ट शानदार बनाइएको

प्रतियोगिताका लागि मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पु¥याइएको डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट आकर्षक मानिन्छ

झापा ११ ले आफ्नोहोम ग्राउन्ड मा आयोजना गर्ने प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले छोटो समयमा काम सुरु गरेको हो

झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो

प्रतियोगितामा एक विभागीय, डिभिजन, मोफसलका चर्चित टिम भारतकासहित १० वटा टिमको सहभागिता रहनेछ

प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी मेडल प्राप्त गर्नेछ फाइनल खेल पुस गते हुनेछ

प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उच्च गोलकर्ता उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् प्रत्येक खेलको प्लेयर अफ म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन्

झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङ बताउँछन् यसअघि सोही रंगशालामा गुरुङकै अगुवाईमा झापा गोल्डकपको सुरुवात भएको थियो

११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाण्डौमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो

सम्बन्धित समाचार