चारआली खानेपानीको नयाँ समितिले आफ्नै खर्चमा धारा नामसारी गरिदिने
बिर्तामोड । झापाको मेचीनगर १२ दुवागढीस्थित चारआली साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिले ग्राहकहरूको निःशुल्क धारा नामसारी गरिदिने भएको छ।
समितिले सोमबार एक सूचना जारी गरी समितिको व्यक्तिगत खर्चमा धारा नामसारी गरिदिने जानकारी गराएको हो ।
‘यस संस्थाबाट धारा जडान गरी मिति २०८१/०८/०५ गतेसम्म मृत्यू भई सकेका र धारा नामसारी गर्न बाँकी रहेका उपभोक्ताहरुको नामको धारा निजको परिवारको सदस्यको नाममा संचालक समितिका पदाधिकारी र लेखा समितिका पदाधिकारीहरुको तर्फबाट संस्थामा रकम जम्मा गरि संस्थालाई आर्थिक भार नपर्ने गरी (बक्यौता रकम बाहेक) निशुल्क धारा नामसारी गर्ने निर्णय भएकोको हुदा त्यस्ता उपभोक्ताहरुको धारा नामसारी गर्न आजको मितिले १ महिना भित्र तपसिलमा उल्लेखित कागजातहरु सहित कार्यालयमा सम्पर्क गरी नामसारी गराउनुहुन सम्बन्धित सम्पुर्ण उपभोक्ता महानुभावहरुमा जानकारी गराईन्छ । साथै घरजग्गा विक्रीबाट नामसारी गराउन बाँकी उपभोक्ताहरु समेत उक्त मिति भित्र संस्थाले तोकेअनुसारको शुल्क बुझाई नामसारी गराउनुहुन जानकारी गराईन्छ,’ सूचनामा उल्ल्ेख छ ।
चारआली खानेपानीको मंसिर १ गते सम्पन्न निर्वाचनबाट समाजसेवी राजन चिमरियाको नेतृत्वमा साझा समूहका उम्मेदवार विजयी भएसँगै प्रतिबद्धता अनुसार उपभोक्ताको हितमा कार्य शुरु गरेको छ ।
