२०८३ बैशाख १९ गते , शनिबार

निर्वाचनमा तोकिएभन्दा बढी गाडी प्रयोग गरिए कब्जा गरिने

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ९ गते , आईतबार
निर्वाचनमा तोकिएभन्दा बढी गाडी प्रयोग गरिए कब्जा गरिने

झापा । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गर्न नपाइने भएको छ ।
निर्वाचन आयोगले सवारी साधनमा लाउड स्पीकर समेतको प्रयोग गरी निर्वाचन प्रचार प्रसारका कार्य भइरहेको भन्दै तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरेको पाइए सूचना आयोगले पाएको भन्दै त्यसरी तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गर्ने दल तथा उम्मेदवारलाई २५ हजारसम्म जरिवाना गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।
यस्ता सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइ सकिएकोले आचारसंहिता विपरित हुने यस प्रकारको कार्य नगर्न आयोगले स्थानीय प्रशासनलाई निर्देशन दिएको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
उनका अनुसार निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २५ (१) मा निर्वाचन प्रचार प्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्या भन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन पाइदैन ।
यस विपरितको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजारसम्म सम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरको लागि कब्जामा लिन सक्ने कानूनी व्यवस्था रहेको प्रवक्ता पोखरलले जानकारी दिइन् ।
उनका अनुसार त्यसरी निर्वाचन कानून विपरितको कार्यमा प्रयोग हुने गरी सवारी साधन प्रयोग नगर्नु हुन वा प्रयोग गर्न नदिनु हुन सम्बन्धित सवारी धनी, चालक तथा सरोकारवाला सबैलाई निर्देशन दिइएको हो ।
मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको लागि निर्वाचन प्रचार प्रसारको अवधि सुरु भई राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन प्रचार प्रसारको कार्य भइरहेको छ ।
उपनिर्वाचन प्रचार प्रसार लगायतका कार्यमा निर्वाचन आचारसंहिताको पालना गर्न तथा गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई आयोगले निरन्तर निर्देशन दिदैँ आएको छ ।

सम्बन्धित समाचार