२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोड उवा संघ अध्यक्ष न्यौपानेलाई मातृशोक

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ७ गते , शुक्रबार
बिर्तामोड उवा संघ अध्यक्ष न्यौपानेलाई मातृशोक

बिर्तामोड बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई मातृशोक परेको दश दिनअघि आगलागीमा परी घाइते भएकी उनको उपचारका क्रममा निधन भएको हो

गएराति ९:४५ बजे भारतको सिलिगुडीमा उपचारका क्रममा न्यौपानेकी आमा अन्दाजी ८५ वर्षीया पुष्पलता न्यौपानेको निधन भएको हो

गत कात्तिक २७ गते हरिबोधनी एकादशीका दिन एकादशीको पूजा गर्दा दियोको आगो सल्किएर उनी घाइते भएकी थिइन् पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो

त्यहाँ उपचार संभव नभएपछि भारतको सिलिगुडी लगिएको थियो स्वास्थ्य अवस्था गंभीर भएपछि हिजोदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो

सम्बन्धित समाचार