२०८३ बैशाख १९ गते , शनिबार

नयाँबजारमा बालाचतुर्दशी मेला लाग्ने

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ४ गते , मंगलबार
नयाँबजारमा बालाचतुर्दशी मेला लाग्ने

नयाँबजार (इलाम) । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने भएको छ । आगामी मंसिर ९ गतेदेखि मेला लाग्ने आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
बालाचतुर्दशीको दिन नयाँबजारमा अवस्थित शिवालय धाम, २०११ सालमा नयाँबजार बसाउन महत्त्वपूर्ण योगदान दिने सन्त श्री बालागुरुको प्रतिमाको दर्शन, उत्तरे पोखरीको दर्शन गर्नुका साथै आफ्ना पितृ सम्झनामा सतबिझ छर्ने र भाकल पूरा गर्ने दर्शनार्थीहरुको बिहानै देखि भिड लाग्ने गरेको छ ।
गाउँपालिकामा आन्तरिक तथा वाह्यय पर्यटक भित्र्याउने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिए । गाउँपालिका भित्र पर्यटकीय संभावना बोकेका स्थान भए पनि प्रचार प्रसारको कमी भएकाले थप प्रचार प्रसार गर्ने उदेश्य रहेको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिइन । मेला व्यवस्थापन समितिका संयोजक मदन भण्डारीका अनुसार मेला अवधिभर रमाईलो मिनी मेला, विभिन्न जातजातीका झाँकी प्रदर्शन, सांस्कृतिक भेषभूषाको प्रदर्शन गरिने छ भने यहाँका रैथाने खानेकुरालाई प्रदर्शनमा समेत राखिने छ ।
माईजोगमाई गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने, उत्तरे पोखरी, मलु पोखरी, साततले झरना, शिवालय धाम, साङछयोलिङ बौद्ध गुम्का, महादेव थान मन्दिर, देवि मन्दिर माइबेनी शिवालय धाम, किरातहरुको प्रथम राजा यलम्बर , नेपालकै अग्लो गणेशको प्रतिमा , विश्वबाट लोपोन्मुख हाब्रे (रेड पाण्डा) साथै रेडपाण्डाको प्रतिमा लगायत पर्यटकका लागि आकर्षणका केन्द्र रहेको गाउँपालिका अध्यक्ष थेवेले बताए ।
२०११ सालमा बालागुरुले बजार बसाए पछि बर्षेनी बालाचर्तुदशीका दिन लाग्दै आएको मेला कोरोना संक्रमणपछि गत वर्षबाट पुन शुरू भएको हो ।

सम्बन्धित समाचार