२०८२ जेष्ठ ३२ गते , शनिबार
कात्तिकमा पाथिभरामा साढे ३७ लाख भेटी संकलन

झापा । ताप्लेजुङको पाथिभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो ।
पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा प्रेषित सूचनामा उल्लेख भए अनुसार कार्तिकमा ६१ हजार १ सय ७३ तीर्थयात्री आएका थिए । पाथिभरामा तीर्थयात्रीले चढाएको भेटी रकम कर्मचारीले संकलन गर्ने गरेका छन् । त्यही रकम सदरमुकाम फुङलिङ ल्याउने र गणना गरेर बैंकमा जम्मा गर्ने गरिन्छ । गणना सकिएपछि समितिले हरेक महिनाको भेटी सार्वजनिक गर्दै आएको छ ।