२०८३ बैशाख १९ गते , शनिबार
चोरीको मोटरसाइकलसहित गिरी पक्राउ
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेशनपरिसरबाट हराएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाल्मिकी कलेजमा स्नातक पढ्दै गरेका बिर्तामोड ५ का सविन शेर्माको मे ६ प २८६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित प्रहरीले इलाम माई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिष गिरीलाई पक्राउ गरेको जनाएको छ ।
शेर्माको मोटरसाइकल मंगलवार बिहान अन्दाजी १०ः३० बजे हराएको थियो । मोटरसाइकल खोजी गर्नेक्रममा बुधबार साँझ ५ः३० बजे महमाई प्रहरी चौकीले मोटरसाइकलसहित गिरीलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय अनारमनीलाई जिम्मा लगाएको इप्रका अनरमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।