२०८३ बैशाख १९ गते , शनिबार
वर्ल्डलिंकको सचेतना कार्यक्रम सम्पन्न
बिर्तामोड । अग्रणी इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो इन्टरनेटको जोखिमलाई मध्यनजर गर्दै वल्र्डलिंले अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
बाल्मिकी एजुकेसन फाउण्डेसन र कोहेड एजुकेसन फाउण्डेसनका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई उक्त कक्षा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा इन्टरनेटबाट हुने अपराध, अपराधबाट बच्ने उपाय र इन्टरनेटको सही सदुपयोग सम्बन्धि विद्यार्थीहरुलाई जानकारी गराइएको बताइएको छ ।