२०८३ बैशाख १९ गते , शनिबार

आज १४०औँ फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक विदा

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २५ गते , आईतबार
आज १४०औँ फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक विदा

बिर्तामोड किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो किरात भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए जसलाईसत्य धर्म मुचुल्का भनिन्छ यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो

छोरीको विवाह गर्दा सोतरीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीव हत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय समाजका लागि उत्तिकै अनुकरणीय छन्

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, समान शिक्षा, समाज सुधारका निम्ति किरात धर्मको उत्थान तथा संरक्षणको निमित्र् लागिपरेका थिए त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान दिएका फाल्गुनन्दको २००५ सालमा निधन भयो

किरात समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो उनको योगदानको कदर गर्दै किराती समुदायको बसोबास रहेको पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको

सम्बन्धित समाचार