२०८३ बैशाख १९ गते , शनिबार

महिलाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २३ गते , शुक्रबार
महिलाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा महिलाहरूका लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाले महिलाहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा महिला नेत्रीहरूका लागि आवश्यक विभिन्न कानुनी पक्षको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा घरेलु हिंसा, बहुविवाह आदिको बारेमा विद्यमान कानुनी दण्ड सजायको विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा अधिवक्ता अर्जुन अधिकारीले सहजीकरण गरेका थिए। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा (अनु)को अध्यक्षतामा सम्पन्न कार्यक्रम झापा जिल्ला अध्यक्ष तारा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलक सिंह दर्लामी (सन्देश), झापाका संयोजक राजु आचार्य (अग्नि), बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, सचिव गणेश कालिकोटे लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। 

सम्बन्धित समाचार