२०८३ बैशाख १९ गते , शनिबार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २३ गते , शुक्रबार
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

बिर्तामोड । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस बर्षको छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयबाट उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।

देशका विभिन्न नदी तथा तलाउमा यो पर्व धूमधामका साथ मनाइएको छ ।  तराईका झापा, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।

सम्बन्धित समाचार