२०८३ बैशाख १९ गते , शनिबार

कार्यकर्ताको विश्वासमा जापान गएका मन्त्री अधिकारी पदबाट राजिनामा दिन बाध्य

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २१ गते , बुधबार
कार्यकर्ताको विश्वासमा जापान गएका मन्त्री अधिकारी पदबाट राजिनामा दिन बाध्य

विराटनगर कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् आफ्नै कार्यकर्ताको विश्वासमा परेर जापान गएका मन्त्री मानव ओसारपसार गर्ने गिरोहको फन्दामा परेपछि मन्त्री पदबाट राजिनामा दिन बाध्य भएका हुन्

उनले बुधबार मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्

मेरो निजी जापान भ्रमणको विषयलाई लिएर केही टीकाटिप्पणी बाहिर आयो, अहिले राजनीतिमा नैतिक खडेरी रहेको भन्दै अधिकारीले भने, ‘यस्ता टीकाटिप्पणी सुनिसकेपछि पदमा बसिरहन उचित लागेन

एमालेबाट निर्वाचित अधिकारी जेठ २०८१ मा आन्तरिक मामिलामन्त्री भएका थिए उनले ११ कात्तिकदेखि १५ कात्तिकसम्म जापान भ्रमण गरेका थिए जापान भ्रमणका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मौखिक जानकारी गराए पनि मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको थिएन

आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर हिँडेका उनी हङकङ पुगेपछि झस्किए हङकङमा ट्रान्जिटको बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै तीन जना नेपाली भेट्न आए

यसलाई लिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि मुख्यमन्त्री कार्कीले मंगलबार सोधीखोजी गरेका थिए बुधबार बोलाएर छलफल गरे

त्यसक्रममा मन्त्री अधिकारीले दलालको फन्दामा परेको स्वीकार गरेपछि मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए लगत्तै उनले राजीनामा दिएका हुन्

हङकङमा तीन जना भेटेपछि झस्किए

अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो उनलाई पठाइएको निम्तोमा अक्टोबर २९ देखि नोभेम्बर सम्म कार्यक्रमको तालिका थियो उनलाई जापान जाने व्यवस्थापन मोरङ घर भई काठमाडौ बस्दै आएका एक एमाले कार्यकर्ताले मिलाएका थिए

अधिकारीका अनुसार २५ अक्टोबरमा भिसा लाग्यो उनी २७ अक्टोबरमा जापानका लागि उडे टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने सम्पूर्ण खर्च आयोजकले ब्यहोर्ने जानकारी व्यवस्थापकले गराएका थिए

आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर हिँडेका उनी हङकङ पुगेपछि झस्किए हङकङमा ट्रान्जिटको बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै तीन जना नेपाली भेट्न आए भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटाले उनलाई भेटेका थिए

तीनै जनाको साथमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहायक स्तरको कर्मचारीको परिचय पत्र थियो मन्त्रालयको परिचय पत्र बोकेका तीन जनालाई सोधीखोजी गर्दा टोकियोमा पुगेपछि नफर्किने जवाफ दिए

अवैध रुपमा मानिस ओसार पसार गर्ने समूहले आफूसँगै तीन जनालाई जापान र्पुयाउन लागेको थाहा पाएपछि अधिकारी झस्किए

मन्त्रालयका कर्मचारी चिन्छु, तीन जना परिचय गर्न आएपछि झस्किएँ, अधिकारीले भने, ‘हङकङबाट फर्कन खोजेँ, तर ट्रान्जिट भएकाले मिलेन, टोकियो पुग्नै पर्यो

टोकियो पुगेपछि मन्त्री अधिकारी पूर्वनिर्धारित कार्यक्रममा गएनन्, आफूसँग गएका तीनै जनालाई लिएर नेपाल फर्किए कार्यक्रममा गएको भए उनीहरु लुक्ने थिए, त्यसैले गइनँ, उनले भने, ‘सँगै नेपाल फर्किएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएँ

उनका अनुसार तीन जनालाई जापान लैजाने भनेर पैसा पनि उठाएको देखिएको हङकङबाटै नेपाल प्रहरीको बिशेष ब्यूरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएको मन्त्री अधिकारीको भनाइ यहाँ आएपछि प्रहरीलाई जिम्मा लगाएको भन्दै उनले भने, ‘अनुसन्धानका लागि प्रहरी महानिरीक्षकलाई पनि जानकारी गराएको छु

प्रहरी विशेष व्यूरोले पनि अधिकारीले तीन जनालाई अनुसन्धानका लागि जिम्मा लगाएको स्वीकार गरेको उहाँले (अधिकारी) ले जानकारी गराएपछि तीन जनालाई नियन्त्रणमा लिएर कारवाहीका लागि पठाएका छौं, विशेष व्यूरो स्रोतले भन्यो, ‘म्याद थप गरेर उपत्यका प्रहरीले अनुसन्धान गर्दैछ

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी मन्त्री अधिकारीको भ्रमणका विषयमा दलमा अनौपचारिक कुराकानी भएको बताउँछन् प्रश्न उठेपछि मन्त्रीले दलका नेता (मुख्मन्त्री)सँग सल्लाहमा राजीनामा दिएको उनले बताए

सम्बन्धित समाचार