२०८३ बैशाख १९ गते , शनिबार

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २१ गते , बुधबार
छठ पर्वको दोस्रो दिन आज ‘खरना’

बिर्तामोड लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालुखरनाविधिको तयारीमा छन् पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबारनहायखायसम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिनखरनाको तयारीमा लागेका हुन्

आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूल देवता छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् यो विधिलाईखरनाभनिन्छ  

श्रद्धा, निष्ठा, समर्पणभाव  आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वकोखरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो माटाकै भाँडामा सक्खर, दूध मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन्

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् यसलाई मिथिलामासझुका अरखवासझियाघाटभन्ने गरिएको

सम्बन्धित समाचार