२०८१ चैत्र ८ गते , शुक्रबार

को हुन् अमेरिकाको राष्ट्रपति पदकी उम्मेद्वार कमला ह्यारिस ?

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २० गते , मंगलबार
को हुन् अमेरिकाको राष्ट्रपति पदकी उम्मेद्वार कमला ह्यारिस ?

बिर्तामोड यतिबेला अमेरिकाको ४७औं राष्ट्रपति पदको निर्वाचनले विश्वको ध्यान खिचिरहेको विश्व राजनीतिलाई नै प्रभाव पार्न सक्ने अमेरिकाको कार्यकारी प्रमुखको रुपमा रहेको राष्ट्रपति पदका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प हालकी उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन्

विश्व राजनीतिको केन्द्र बनेको अमेरिकाको राष्ट्रपति को बन्छ भनेर सबैको चासो हुनु स्वभाविकै हो भने सोहि निर्वाचनको उम्मेदवार बनेकी कमला ह्यारिसको बिषयमा समेत धेरैको चासो बढेको

को हुन् कमला ह्यारिस ?

हालकी उपराष्ट्रपति कमला ह्यारिसको वास्तविक नाम कमलादेवि ह्यारिस हो सन् १९६४ मा बुवा एफ्रोजमैकान मुलका डोनाल्ड जे. ह्यारिस भारतीय मुलकी आमा स्यामोला गोपालनको कोखबाट उनको जन्म भएको थियो उनको जन्म अमेरिकाको ओक्ल्यान्ड, क्यालिफोर्नियामा भएको थियो उनकी आमा स्यामोला भारतीय मुलकी हुन् उनी सन् १९५८ मा अमेरिका पुगेकी थिइन्

कमला पाँच वर्षको हुँदा उनका आमाबुवाले सम्बन्धविच्छेद गरेका थिए उनलाई प्रायः उनकी आमा श्यामोला गोपालन ह्यारिसले हुर्काएकी थिइन् उनी क्यान्सर अनुसन्धानकर्ता नागरिक अधिकार अभियानकर्ता थिइन्

कमला बहिनी मायालाई उनकी आमाले ओक्ल्यान्डको अश्वेत समुदायसँगै हुर्काएकी थिइन्

कमलाले हावर्ड यूनिभर्सिटीमा अध्ययन गरिन् उक्त विश्वविद्यालय अमेरिकाको उत्कृष्ट अश्वेत शैक्षिक संस्थामध्ये पर्छ त्यहाँ उनी दक्षिण अफ्रिकाको रङ्गभेदविरुद्धको सङ्घर्ष अमेरिकामा जातीय सम्बन्धजस्ता राजनीतिक मुद्दाहरूमा संलग्न भइन्

ह्यारिसले अलमिडा काउन्टी डिस्ट्रिक्ट अटोर्नीको कार्यालय ओक्ल्यान्डबाट आफ्नो कार्यकाल थालेकी थिइन् ह्यारिसको व्यावसायिक जीवन एलमिडा काउन्टीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट सुरु भएको थियो

यूनिभर्सिटी अफ क्यार्लिफोर्निया, ह्यास्टिङ्सबाट कानुनको अध्ययन पूरा गरेर उनी वकिल बनेकी थिइन उनले क्यालिफोर्नियाका विभिन्न जिल्ला सरकारी वकिलका कार्यालयहरूमा काम गरेकी थिइन् सन् २०१० मा उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता बनिन सन् २०१६ मा उनी अमेरिकाको सिनेटर चुनिएकी थिइन

सन् २०२० मा ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्ने अभियानमा संलग्न भइन यद्यपि उनी प्रारम्भिक चरणबाट आन्तरिक प्रतिस्पर्धाबाट पछि हटिन् आफू राष्ट्रपतिको उम्मेदवार मनोनीत भएपछि जो बाइडनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाए उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनिन्

(एजेन्सीको सहयोगमा तयार पारिएको)

सम्बन्धित समाचार