२०८१ मंसीर २२ गते , शनिबार
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीको भाई टीका
बिर्तामोड । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन् । उनले शुभसाइटमै राष्ट्रपति निवासमा विधिपूर्वक तिहारको टीका लगाएका हुन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । उनले सरकारी निवास बालुवाटारमा टीका लगाएका हुन् ।