२०८३ बैशाख १९ गते , शनिबार
गोरुले हान्दा घाइते शर्माको उपचारको क्रममा मृत्यु
बिर्तामोड । झापाको गौरादह नगरपालिका वडा नं ७ स्थित जामबारी बस्ने कृष्ण शर्माको मृत्यु भएको छ। गोरुले हानेर घाइते भएका ४८ वर्षीय शर्माको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।
बुधबार साँझ ५:४० बजे आफ्नै बारीमा बाँधेको गोरु सार्ने क्रममा गोरुले हान्दा शर्माको सातवटा करङ भाँचिएको र उपचारका लागि लाइफलाइन अस्पताल लगिएकोमा त्यहाँबाट नोबेल अस्पताल बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा बिहीबार ४:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सोही गोरु समाउने क्रममा शर्माको छिमेकी अन्दाजी बर्ष ४५ को रविन राजवंशीको टाउकोमा सामान्य चोट लागि लाईफ लाईन अस्पताल दमकमा उपचारको लागिएको र सिटी स्क्यानका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।