२०८३ बैशाख १९ गते , शनिबार

पूर्वेलीद्वारा थप ५ ट्रक खरिद

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १५ गते , विहीबार
पूर्वेलीद्वारा थप ५ ट्रक खरिद

बिर्तामोड । झापाको बिर्तामोडस्थित पूर्वेली ढुवानी सेवा प्रालिले व्यवसायलाई थप विस्तार गर्दै लगेको छ ।
कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामासमेत सेवा दिँदै आएको पूर्वेलीले आज (बिहीबार) ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाएको हो । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ धाईजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी ग्रहण गरे । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गरेका थिए ।
प्रविधिको विकाससंगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा दश १० चक्के ट्रक थप गरेको सञ्चालक खत्रीले बताए ।
पूर्बेलीले २५१८ सी मोडलको ट्रक खरीद गरेको हो । यस कम्पनीले सुनसरीको ईटहरीमासमेत कार्यालय राखेर सेवा दिँदै आएको छ । सञ्चालक खत्री ट्रान्सपोर्ट एशोसिएसन संघ झापाका कोषाध्यक्षसमेत हुन् । 

सम्बन्धित समाचार