२०८३ बैशाख १९ गते , शनिबार

आज साँझ लक्ष्मी पूजा गरिँदै, यस्तो छ पूजा विधि

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १५ गते , विहीबार
आज साँझ लक्ष्मी पूजा गरिँदै, यस्तो छ पूजा विधि

बिर्तामोड यमपञ्चकको तेश्रो दिन धनधान्य समृद्धिकी देवी लक्ष्मीको व्रत, पूजा, अर्चना साधना गरी लक्ष्मी पूजा मनाइन्छ कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मी पूजालाई सुख रात्रि पनि भनिन्छ

लक्ष्मी पूजाको दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी घर आँगनमा गाईको हरियो गोबर तथा रातो माटोले लिपेर लक्ष्मी पूजा गरेमा लक्ष्मीले घरमा सधैँ बास गर्छिन् ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको

लक्ष्मी पूजाकै दिन लक्ष्मीको उपवास बसेर सन्ध्याकालमा स्नान गरी लक्ष्मीको पूजा गर्नुपर्दछ पूजा कोठामा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको सुवर्णप्रतिमा स्थापना गर्नुपर्दछ त्यसपछि दियो, कलश गणेश पूजा गरिन्छ

पहिले दियो बालेर हातमा कुश, द्रव्य, जौ, तिल जल लिएरमेरो घरमा मलाई वेद, पुराण, धर्मशास्त्रहरूले बताए अनुसार अहिलेसम्म प्राप्त गर्न नसकेकी लक्ष्मी प्राप्त होउन् आर्जित लक्ष्मी दीर्घकालसम्म रहिरहुन्, यसका लागि दीपकलशगणेश महालक्ष्मीसहित, सरस्वती, इन्द्र कुबेर आदिको पूजा गर्दछुभनेर संकल्प गर्नुपर्दछ

त्यस पश्चात् अर्घ स्थापना गरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित गं गणपतये नमस्भन्दै सबै उपचारले पूजा गरिसकेपछि धुप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्नुपर्दछ त्यसपछि इशानकोणमा रहेको वरुण कलशको पनि यसै गरी पूजा गर्नु पर्दछ

लक्ष्मीपूजा कतिवेला गर्ने ?

श्रद्धा एवं भक्तिले गरिने लक्ष्मीपूजाको लागि कुनै साइतको आवश्यकता नपर्ने भए पनि गोधुली लग्न वा सूर्यास्त भएपछिको समय उत्तम मानिन्छ महालक्ष्मीजीको प्रतिमा, मूर्ति वा फोटो राख्ने महालक्ष्मी पूजनका लागि हातमा कमलफूल, रातो अक्षता लिएर ध्यान गर्दै चढाउने यदि प्रतिमा, मूर्ति वा फोटोको प्राणप्रतिष्ठा नभएको भए प्राणप्रतिष्ठा गर्ने फूल अक्षता सहितले आह्वान गर्ने   कुशको आसन राखिदिएर महालक्ष्मै नमस्भन्दै पद्य, अर्घ, आचमनी, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ

तत्पश्चात् शुद्ध जलले स्नान गराई दही, घ्यू मह मिश्रित मधुपर्क तथा गंगाजलले स्नान गराई महालक्ष्मीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टीका, अक्षता, वस्त्र, सौभाग्य चढाउनु पर्दछ

यति गरिसकेपछि जौ, तिल, फूल, माला, बेलपत्र, सहित सम्पूर्ण उपचारले पूजा गर्दै महालक्ष्मै नमस्भन्दै अङ्ग पूजन गरी धूप, दीप, विभिन्नखाले नैवेद्य, फलफूल, पान, सुपारी, भोगटे, कौडी, कमलगट्टा, कमलको फूल, जटानरिवल विशेष रूपमा चढाइन्छ यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास

त्यसपछि रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ यसै समयमा मसीमा कालीजी, कपीमा सरस्वती कुवेरको पनि पूजा गर्नु पर्दछ तत्पश्चात् हातमा फूल, चन्दन अक्षताले अङ्ग पूजा गर्ने पूजा गर्दा यो मन्त्र पढ्ने(

चपलायै नमः, पादौ पूजयामि

चञ्चलायै नमः, जानुनी पूजयामि

कमलायै नमः, कटिं पूजयामि  

कात्यायन्यै नमः, नाभिं पूजयामि

जगन्मात्रे नमः, जठरौ पूजयामि स्तनौ पूजयामि

विश्ववल्लभायै नमः, वक्षस्स्थलं पूजयामि

कमलवासिन्यै नमः, हस्तौ पूजयामि  

पद्मानानायै नमःमुखं पूजयामि  

कमलपत्राक्ष्यै नमःमुखं पूजयामि

श्रियै नमः, शिरः पूजयामि

महालक्ष्म्यै नमः, सर्वाङ्गं पूजयामि

अब महालक्ष्मीको निराजन आरति शङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुनस् यो मन्त्र पढ्ने

या सा पद्मासनस्था विपुलकटितटी पद्मपत्रायताक्ष

गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया

या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः स्नापिता हेमकुम्भैः

सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्वमांगल्ययुक्ता

अमलकमलसंस्थातद्रजः पुञ्जवर्णा

करकमलधृतेष्टा भीतियुग्माम्बुजा

मणिमुकुटवित्रतालङ्कृता कल्पजालै

र्भवतु भुवनमाता सन्ततं श्रीः श्रियै नः ।।

यो मन्त्र द्वारा पुष्पाञ्जली गरेर आरतीलाई शीतल गरी सबैजनाले आरती लिने आफ्नो मनोकामना पूर्ण होस् भनि जगत् जननी महालक्ष्मीलाई साष्टाङ्ग प्रणाम गरी आशिर्वाद लिनु पर्दछ यसरी गरिएको पूजाबाट महालक्ष्मी प्रशन्न हुने भक्तहरूको मनोकामना पूरा गरिदिने धार्मिक विश्वास रहेको

लक्ष्मी पूजामा रंगोलीलाई पनि महत्त्वका साथ सजाउने गरिन्छ खासमा रंगोलीलाई स्वागतम् चिह्न वा भगवतीको आसनको रूपमा प्रयोग गरिएको हो भन्न सकिन्छ

यो घरको प्रवेशद्वारमा बनाइन्छ यसले देवी लक्ष्मीलाई आमन्त्रण गर्नका लागि सजिलो बनाउँछ लक्ष्मीजीको आगमनका लागि रंगोलीले स्वागतको वातावरण सिर्जना गर्दछ

रंगोलीलाई रङ्गवली वा रेखी पनि भनिन्छ रंगोली पाइला बनाउने परम्पराले हाम्रो धार्मिक तथा सांस्कृतिक दुवै दृष्टिकोणबाट महत्त्व राख्दछ लक्ष्मी पूजामा यसको विशेष स्थान पनि रहेको

(पं. नारायण प्रसाद दुलाल ज्योतिषाचार्य वास्तुविद् हुन् ।)

सम्बन्धित समाचार