२०८३ बैशाख १९ गते , शनिबार

ट्रष्ट टीम नेपालद्वारा देउसी भैलो कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १३ गते , मंगलबार
ट्रष्ट टीम नेपालद्वारा देउसी भैलो कार्यक्रम सम्पन्न

बिर्तामोड सामाजिक संस्था ट्रष्ट टीम नेपालले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको नेपालीहरुको महान पर्व तिहारको अवसरमा कार्यक्रम आयोजना गरिएको हो

मंगलबार बिर्तामोडस्थित सप्तक संगीत विद्यालयको हलमा कार्यक्रम आयोजना गरिएको हो संस्कृतिको संरक्षण गर्दै आपसी भाइचारा, एकता सद्भावलाई मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको कोषाध्यक्ष मिलन कोइरालाले जानकारी दिए

कार्यक्रममा संयुक्त देउसी खेलिएको थियो भने सप्तक संगीत विद्यालय ट्रष्ट टीम नेपालका सदस्यहरुले नृत्य प्रस्तुत गरेका थिए

कार्यक्रममा मेचीनगर लेडी जेसिजकी अध्यक्ष पवित्रा विमली प्रसाई, सप्तक संगीत विद्यालयका संस्थापक अध्यक्ष सरोज वत्स, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारी, ट्रष्ट टीमकी आजिवन सदस्य तथा कला, साहित्य संस्कृति विभाग प्रमुख यशोदा उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए

खिवराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव सागर रिजालले सञ्चालन गरेका थिए ।कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष पुष्प खड्काले स्वागत गरेका थिए

 

सम्बन्धित समाचार