२०८१ कार्तिक १९ गते , सोमबार

भन्सार छलेर नेपाल ल्याउँदै गरेको मदिरासहित गाडी र मानिस नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १३ गते , मंगलबार
भन्सार छलेर नेपाल ल्याउँदै गरेको मदिरासहित गाडी र मानिस नियन्त्रणमा

बिर्तामोड । झापाको पूर्वी नाका काकरभिट्टाबाट प्रहरीले अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मदिरा नियन्त्रण गरेको छ ।
मङ्गलबार बिहान इप्रका काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ भन्सार गेट पछाडीबाट बिआर२२एफ५०५१ नम्बरको भारतीय नम्बरको कारमा लुकाएर ल्याउँदै गरेको १ लाख ९८ हजार नौ सय मूल्य बराबरको २५४ बोतल ब्ल्याक माउण्टेन ह्विस्की र २४ बोतल सुपर स्ट्रङ बियर बरामद गरेको हो । प्रहरीले बरामद गरेको गाडी र मदिराको ८ लाख ९८ हजार नौ सय मूल्यांकन गरी चालक भारतीय नागरिक जितेन्द्रकुमार पासवानलाई आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

सम्बन्धित समाचार