२०८३ बैशाख १९ गते , शनिबार

झापामा यात्रुबाहक बसमा मंसिरबाट टायम कार्ड लागू गरिने

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ११ गते , आईतबार
झापामा यात्रुबाहक बसमा मंसिरबाट टायम कार्ड लागू गरिने

बिर्तामोड पूर्व पश्चिम राजमार्गमा चल्ने यात्रुबाहक बसका कारण दुर्घटना बढ्नुका साथै मानिसको मृत्यु दरपनि बढ्दै गएपछि टायम कार्ड लागू गरिने भएको यातायात व्यवसायीहरू टाइमकार्ड लागू गर्न सहमत भएका हुन् मंसिरबाट टायम कार्ड लागू गरिने भएको हो

आइतबार जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा आयोजना गरिएको सर्वपक्षीय छलफलमा टायमकार्ड लागू गर्ने विषयमा सबै सरोकारवाला सहमत भएका हुन् यातायात व्यवसायी विष्णकुमार श्रेष्ठले टाइमकार्ड लागू भए दुर्घटना न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको बताए उनले भने, ‘२०७६ सालमा लागू भएको टाइमकार्ड केही महिनापछि हट्यो त्यो बेला दुर्घटनाको संख्या निकै कम भएको थियो हामी टाइमकार्ड लागू गरौँ भन्ने पक्षमा छौं

टायमकार्ड लागू गर्ने विषयमा झापा, मोरङ सुनसरी जिल्लामा एकैसाथ लागू गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए त्यसका लागि मोरङ सुनसरी जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरूसँग समन्वय गर्न झापाका ट्राफिक प्रहरी प्रमुख गणेश पौडेललाई उनले निर्देशन दिएका छन् उनले भने, ‘झापाका ट्राफिक प्रहरी प्रमुखले दुईवटै जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरूसँग समन्वय गर्नुहुनेछ दुर्घटना न्यूनीकरणका लागि वस्तुगत ढंगले कार्ययोजना बनाएर अर्को छलफलमा पेश गर्नुहुनेछ

झापामा भने टाइमकार्ड लागू गर्न अब कुनै समस्या नरहेको झापाका ट्राफिक प्रमुख पौडेलले बताए उनले मंसिर महिनाबाटै टाइमकार्ड लागू गर्न सकिने बताए दुर्घटना न्यूनीकरणका लागि पार्किङस्थलको व्यवस्थापनलगायतका विषयमा स्थानीय तह बढी जिम्मेवार हुनुपर्ने सरोकारवालाहरूले बताएका थिए

रिक्सा तथा अटोरिक्साको आवागमनलाई व्यवस्थित गर्न स्थानीय तह अग्रसर हुनुपर्ने उनीहरूको भनाइ थियो छलफलमा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, यातायात व्यवस्था कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटा, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राईलगायत उपस्थिति थिए

सम्बन्धित समाचार