२०८३ बैशाख १९ गते , शनिबार
सिटी चार्ज गर्दा करेन्ट लागेर मृत्यु
बिर्तामोड । झापाको भद्रपुरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजे घरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर भद्रपुर–५ देविबस्तीका ३६ बर्षीय शम्भु सहनी घाइते भएका थिए । उनलाई घाइते अवस्थामा श्रीमती पिंकी सहनीले ओमसाई पाथिभरा अस्पताल लगेको र उपचारको क्रममा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस अघिपनि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर झापामा अन्य मानिसहरुले ज्यान गुमाइसकेका छन् ।