२०८३ बैशाख १९ गते , शनिबार

भिमा शिवाकोटीद्वारा तीजपर्व विशेष लेखनवृत्ति स्थापना

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ८ गते , विहीबार
भिमा शिवाकोटीद्वारा तीजपर्व विशेष लेखनवृत्ति स्थापना

बिर्तामोड महिला पत्रकारहरुको क्षमता अभिवृद्वि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले लेखनवृत्ति स्थापनाको घोषणा गरेकी छन्

संस्थाका निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले महिलाहरूको महान चाड तीज पर्वको महत्व, ऐतिहासिकता, मौलिकता, उपलब्धि लगायत सकारात्मक पक्षलाई उजागर गर्ने प्रकृतिको लेख तथा खोजमूलक समाचार सम्प्रेषण गर्ने मध्ये उत्कृष्ट एकजना महिलालाई प्रदान गर्ने गरि लेखनवृत्तिको घोषणा गरेकी हुन्

संस्थाको १३ओै स्थापना दिवसका अवसरमा निवर्तमान अध्यक्ष शिवाकोटीले घोषणा गरेको लेखनवृत्तिलाई संस्थाको कार्यसमितिको नियमित बैठकले संस्थागत रूपमा ग्रहण गर्ने निर्णय गर्दै शिवाकोटीलाई धन्यवाद दिएको संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा बसेको बैठकले लेखनवृत्तिप्रदानका लागि आवश्यक विधिबारे दातासंग समन्वय गर्ने निर्णय भएको संस्थाका सचिव मायामितु न्यौपानेले जानकारी दिइन् शिवाकोटीले आफू जीवित रहुञ्जेलसम्म प्रत्येक वर्ष एकजना महिला पत्रकारलाई प्रदान गर्नेगरी नगद पाँचहजार रूपैयाँ लेखनवृत्ति घोषणा गरेकी हुन्

पछिल्ला केही वर्षयता तीज पर्वबारे नकारात्मक टिप्पणी बढी हुन थालेपछि महिलाहरूको महानपर्वका सकारात्मक पाटा समेत उजागर गर्ने उद्देश्यले लेखनवृत्तिप्रदान गर्न लागेको उनले बताइन्

संस्थाको ११ओै बार्षिक साधारणसभाले संस्थाको अक्षयकोषको लक्ष्य पूर्ण नभएसम्म महिला पत्रकारको क्षमता अभिबृद्विमा लागि स्रोतको खोजी गरी लेखनवृत्तिका लागि पहल गर्ने लक्ष्य राखेको थियो एकवर्षमा नारी संञ्चार गृहको समन्वयमा लेखनवृत्तिबापत दुइजनालाई जनही पाँचरपाँच हजार रूपैयाँ प्रदान गरिएको बताइएको

संस्थाको १२ओै साधारणसभामा सहसचिव जोस्ना श्रेष्ठले पत्रकारिता गरेबापत आफूले प्राप्त गरेको पुरस्कार राशीको २० प्रतिशत (५०००) रकम लेखनवृत्तिप्रदान गरेकी थिइन् चुनौतिपूर्ण मानिएको पत्रकारितामा संलग्न महिलाहरूको उत्प्रेरणा बढोस् भन्ने हेतुले संस्थामार्फत लेखनवृत्तिप्रदान गरेको श्रेष्ठले बताइन् त्यस्तै संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालले आफ्नो जन्मदिनको अवसर पारेर सोही राशीको लेखनवृत्तिप्रदान गर्दै उक्त कार्यलाई आगामी वर्षसम्म निरन्तरता दिने बताइन् संस्थाको मुख्य उद्धेश्यलाई कार्यान्वनय गर्दै लैजान सहज होस् भन्ने सोचका साथ जन्मदिनमा लेखनवृत्तिको ब्यवस्था गरिएको उनको भनाई

सम्बन्धित समाचार