२०८३ बैशाख १९ गते , शनिबार

रवि र छविलाई ७ दिन म्याद थप

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ८ गते , विहीबार
रवि र छविलाई ७ दिन म्याद थप

पोखरा जिल्ला अदालत कास्कीले सहकारी रकम अपचलन अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने पूर्व डीआइजी छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने जोशी दुवैविरुद्ध सात दिन म्याद थप भएको जानकारी दिए कात्तिक गते पक्राउ परेका लामिछानेलाई यसअघि गएको आइतबार अदालतले दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएकोमा म्याद बुधबार सकिएको थियो असोज गते पक्राउ परेका जोशीको म्याद पनि बुधबारै सकिएको थियो

उनीहरु विरुद्ध सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपियाँ रकम अवैधानिक रुपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवेदनले देखाएका छन्

सम्बन्धित समाचार