२०८३ बैशाख १९ गते , शनिबार

बीमा जागरणका लागि पत्रकारसँग अन्तरक्रिया

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ७ गते , बुधबार
बीमा जागरणका लागि पत्रकारसँग अन्तरक्रिया

बिर्तामोड पत्रकारसँग बीमा सम्बन्धी समसामियिक बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको बीमा प्राधिकरण प्रादेशिक कार्यालय बिराटनगरले बुधबार झापाली पत्रकारसँग बिर्तामोडमा अन्तरक्रिया गरेको हो

आम मानिसमा बीमा साक्षरता जगाउनुका साथै जनचेतना जगाउन पत्रकारसँग अन्तरक्रिया आयोजना गरिएको बीमा प्राधिकरण प्रादेशिक कार्यालय बिराटनगरका प्रमुख विनोदकुमार पोखरेलले जानकारी दिए

कार्यक्रममा प्रस्तुतीकरण दिँदै पोखरेलले मानिसको जीवनमा आइपर्ने आर्थिक जोखिमलाई हस्तान्तरण गर्ने वैज्ञानिक प्रक्रिया करार बीमा भएकाले यसको महत्व रहेको प्रष्ट्याए यो जोखिम हस्तान्तरणको अन्तर्राष्ट्रिय प्रयोग भएकोसमेत उनले बताए

कार्यालय प्रमुख पोखरेलले बीमा प्राधिकरणको स्थापना, अवस्था, काम, कर्तव्य अधिकारका साथै बीमाको किसिमका बारेमा जानकारी गराएका थिए

उनले नेपालका ४३.२७ प्रतिशत मानिसमात्र बीमाको पहुँचमा रहेको बताए बीमा क्षेत्रमा ११९५१ जनाले रोजगारी पाएको, ३२९७५२ जना अभिकर्ता क्रियाशिल रहेको पोखरेलले जानकारी दिए एक घर एक बीमाअभियानअनुसार कार्य गरिरहेको उनको भनाई

कार्यक्रममा पत्रकारहरु इन्द्रसिंह राजवंशी, गोपाल काफ्ले, पुष्प बराल, प्रेम आचार्य, रमेश समदर्शीलगायतले जिज्ञासा राखेका थिए सहभागीहरुको जिज्ञासालाई कार्यालय प्रमुख पोखरेल, जीवन बीमा कम्पनीको तर्फबाट तुलसी पौडेल निर्जीवन बीमा कम्पनीको तर्फबाट ठाकुर (सन्तोष) उप्रेतीले सम्बोधन गरेका थिए

बीमा प्राधिकरणले विद्यार्थीहरुका लागि  ‘गरिबी निवारणमा बीमाको महत्वशिर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएकाले सहभागिताका लागि आग्रह गरेको बिजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने कार्यालयले जनाएको

कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले झापाली पत्रकारले लामो समयसम्म पनि झापाली पत्रकारहरुले कोरोना बीमाको दाबी भुक्तानी नपाएको भन्दै सहजीकरणका लागि बीमा प्राधिकरणलाई आग्रह गरे उनले बीमा सचेतनाका लागि झापाली पत्रकारहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए

पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यालयकी सहायक निर्देशक पुष्पा खनालले सञ्चालन गरेकी थिइन् कार्यक्रममा सञ्चारकर्मीहरुका साथै विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुख प्रतिनिधीहरुको उपस्थिती रहेको थियो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार