२०८२ असार २ गते , सोमबार

सरकार ढल्छ भन्ने दिवा सपना नदेखे हुन्छ : प्रम ओली

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ७ गते , बुधबार
सरकार ढल्छ भन्ने दिवा सपना नदेखे हुन्छ : प्रम ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह गरेका छन् ।
उनले प्रतिपक्ष दलहरुले सरकार छिट्टै ढल्छ भनेर काम गर्न नदिने उद्देश्यले हल्ला चलाइएको दावी गरे ।
‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि ढल्छ भन्ने अपवाह फैलाउने गरिएको छ । यो सरकारलाई काम गर्न नदिने उद्देश्यले चलाएको हल्ला हो,’ उनले भने, ‘कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।'
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकार ढल्ने अवस्थामा पुगेको बताएपछि ओलीले बुधबार सय दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

सम्बन्धित समाचार