२०८३ बैशाख १९ गते , शनिबार

कस्तो रहला आजको तपाईको राशिफल ?

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ७ गते , बुधबार
कस्तो रहला आजको तपाईको राशिफल ?

वि.सं. २0८१ साल कार्तिक गते बुधबार ईश्वी सन् २0२४ अक्टोबर २३ तारिख नेपाल संवत् ११४४ कालयुक्तनाम संवत्सर दक्षिणायन शरद ऋतु श्रीशाके (४५ कार्तिक कृष्णपक्ष तिथिषष्ठी, घडी २१ पला, बिहान बजेर ४२ मिनेट उप्रान्त सप्तमी नक्षत्रआद्र्रा, १३ घडी १८ पला, बिहान ११ बजेर २८ मिनेट उप्रान्त पुनर्वशु

योगशिव,१८ घडी पला, दिउसो बजेर २२ मिनेट उप्रान्त सिद्ध करणवणिज, बिहान बजेर ४२ मिनेट उप्रान्त भद्रा, बेलुकी बजेर २३ मिनेट उप्रान्त बव आनन्दादिमामुसल योग चन्द्रराशिमिथुन काठमाडौँ सूर्योदय बिहान ) बजेर ( मिनेट सूर्यास्त बेलुकी बजेर २५ मिनेट दिनमान २८ घडी ) पला

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मन मिल्ने साथीका साथ रमाइलो यात्राको तय हुनेछ चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी कामगर्न सकिनेछ विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ प्रविधिको प्रयोग मार्फत अध्ययनमा सुधार गर्न सकिनेछ राज्यको नजिक भई काम गर्नेहरूका लागी समय उत्तम रहनेछ

वृष (,,,,वा,वी,वू,वे,वो) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ खाद्यान्न, पहिरन, गरगहना, टुरिजम तथा होटेल क्षेत्रमा लगानी गर्नेहरूका लागी आजको दिन फलदायी रहनेछ थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ अध्ययनमा मन जाने हुनाले अरू भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ

मिथुन (का,की,कू,,,,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ पढाइ लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ सुख दुखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ शेयर बजार तथा आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ पढाइ लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ तरपनि विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ भने विदेशी भूमिमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समयले साथ दिनेछ

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा मित्रहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ राम्रो काम गरी समाजमा नाम कमाउन सकिनेछ सवारी साधन लाभ हुने योग रहेको अध्ययनमा सुधार गर्दै राम्रो नतिजा हात पार्न सकिनेछ माया प्रेमको गाठो कसिलो भएर जानेछ इच्छा तथा आवस्यक्ता पुरा गर्न सकिनेछ भने समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ

कन्या (टो,पा,पी,पू,,,,पे,पो) कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होईनेछ चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ छोटो दुरीको रमाइलो यात्राको तथा हुने तथा टुरिजम क्षेत्रसँग सम्बन्धित कामबाट आर्थिक लाभ लिन सकिनेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कार्यक्षेत्रमा पाएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ धार्मिक तथा शैक्षिक यात्राको ग्रहयोग रहेको पूजा सामग्री तथा चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको प्रेममा नजिक भई रमाउन सकिनेछ

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता बढ्नेछ

मीन (दी,दू,,,,दे,दो,चा,ची) घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको भने पारिवारिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला पढ्ने लेख्ने काममा खासै मन जाने छैन कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ

सम्बन्धित समाचार