२०८३ बैशाख १९ गते , शनिबार
विमानमा बम राखेको हल्ला पछि खानतलासी हुँदै
काठमाण्डौ । भारतको नयाँदिल्लीबाट काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।
भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ ।
बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।
बमको हल्ला आएको र अहिले टोली विमानस्थलमा पुगेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
काठमाण्डौ विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।