गोलधापबाट १३ जना जुवाडे पक्राउ
बिर्तामोड । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ स्थित गोलधाप बजारबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
आईतबार राति १०:३० बजे गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले नगद ८३ हजार दुई सय पचासी, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच ११ र किप्याड २ थान मोबाईलसहित हल्दिबारी गाउपालिका वडा नम्बर १ बस्ने वर्ष ६३ को यज्ञराज त्रिताल, वर्ष ४५ को बिर बहादुर गुरुङ, वर्ष ४२ को रामनाथ साह, वर्ष ६१ को भानुभक्त नेपाली, वर्ष ६२ को अशोक राई, वर्ष ६१ को सरोज दाहाल, वर्ष ३८ को प्रकाश गिरी, बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ५२ को राजन चुडाल, भद्रपुर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ५५ को राजेन्द्र तुलाधर, वर्ष ४३ को माधव भट्टराई, वर्ष ५८ को रामबाबु राउत, वडा नम्बर ७ बस्ने वर्ष ४५ को बिशाल अधिकारी र वडा नम्बर ८ बस्ने सुबास न्यौपाने लाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।