२०८३ बैशाख १९ गते , शनिबार

अवकाश हुन ११ दिन अघि डीआइजी राणालाई एआइजीमा बढुवा सिफारिस

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ५ गते , सोमबार
अवकाश हुन ११ दिन अघि डीआइजी राणालाई एआइजीमा बढुवा सिफारिस

झापा नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो

केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत मा प्रहरीमा प्रवेश गरेकी थिइन् उनी ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ मा अवकाशमा जान लागेकी छन् प्रहरी नियमावली२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन्

अतिरिक्त महानिरीक्षकको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ तर, बढुवा सिफारिस सदर भए पनि उनको अवकाश रोकिँदैन कांग्रेस नेता ज्ञानेन्द्र कार्कीकी नातेदार राणालाई विशिष्ट श्रेणीबाट अवकाश हुने गरी बढुवा सिफारिस गरिएको जानकारहरू बताउँछन् विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुन्छन्

यसअघि पनि शक्ति सत्ताको नजिक हुनेहरूलाई अवकाशको मुखमा बढुवा दिएर पठाइने गरेको प्रचलन रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुँदा डीआईजी पोषराज पोखरेललाई उनकै जोडबलमा बढुवा सिफारिस गरिएको थियो तर, नेकपा (एमाले)ले समर्थन फिर्ता लिएका कारण सरकार ढलेपछि पोखरेलको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर भएन उनी डीआईजीमै अवकाश भए

 

सम्बन्धित समाचार