२०८३ बैशाख १९ गते , शनिबार
धानको बीउ छनोट गर्दा विशेष ध्यान दिन नार्कको आग्रह
झापा । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले धानको बीउ छनौट गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ।
नार्कले धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुपर्ने सुझाएको छ ।
बीउ भण्डारणको लागि सुपर ब्यागको प्रयोग गर्नुपर्छ । सुपर ब्याग उपलब्ध नभएको अवस्थामा हावा नछिर्ने भाँडो (मेटल वीन, घ्याम्पो, भकारी, आदी)मा राखी बीउ भण्डारण गर्न सकिने नार्कको सुझाव छ ।
त्यस्तै, कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल नजलाउन समेत नाकले आग्रह गरेको छ । पराल जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने भएकाले नजलाउन आग्रह गरिएको हो । सो पराल बेलर मेसिन अथवा अन्य विधिहरूबाट जम्मा जम्मा गर्न नार्कले आग्रह गरेको छ ।