२०८३ बैशाख १९ गते , शनिबार

वर्षाका कारण कोशीमा ३४ करोड बढीको अन्नबालीमा क्षति

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १ गते , विहीबार
वर्षाका कारण कोशीमा ३४ करोड बढीको अन्नबालीमा क्षति

झापा । असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोड रुपैयाँभन्दा बढीको अनबालीमा क्षति पुगेको छ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।
वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा. दीपा दियालीले बताइन् ।
प्रदेशमा सबैभन्दा धेरै खोटाङमा तीन हजार सात सय ३९ दशमलव तीन हेक्टर धान बालीमा क्षति पुगेको उनले जानकारी दिए।
यसैगरी सुनसरीमा आठ सय २४ हेक्टर, उदयपुरमा तीन सय ९८ दशमलव ७८ हेक्टर, झपामा दुई सय ८७ हेक्टर, मोरङमा दुई सय ४४ हेक्टर, भोजपुरमा एक सय १३ हेक्टर, तेह्रथुममा ३४ दशमलव ७५ हेक्टर  र सोलुखुम्बुमा ११ दशमलव दुई हेक्टर जमिनमा क्षति पुगेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले जनाएको छ।
तरकारीतर्फ चार सय १४ दशमलव ८० हेक्टर जमिनमा ११ करोड १८ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। आठ सय ७९ दशमलव ७५ हेक्टर जमिनमा लगाइएको रु एक करोड ६२ लाख चार हजार, दुई हजार तीन सय ५७ दशमलव ५० हेक्टर जमिनमा लगाइएको कोदो तीन करोड ७१ लाख मूल्य बराबरको क्षति भएको छ ।  
यसैगरी १० दशमलव ५० हेक्टर जमिनमा रु २७ लाख ७३ हजार मूल्य बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा रु ४८ लाख १२ हजार मूल्य बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार