२०८३ बैशाख १९ गते , शनिबार
हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु
बिर्तामोड । इलामको चुलाचुलीमा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ ।
गए राति ९:३० बजे हात्तीले आक्रमण गर्दा चुलाचुली–१ का ७३ बर्षीय राजकुमार राईको मृत्यु भएको हो । राईलाई घरनजिकै रहेको धान खेतमा आएको हात्ती खेदाउन जाँदा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणमा परी गम्भीर घाइते राईलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा राति १०:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।